ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11
धनगढीमाई १२ मा नेकपा एमालेको जनवर्गीय संगठन गठन ।।।
धनगढीमाई १२ मा नेकपा एमालेको जनवर्गीय संगठन गठन ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, माघ ४ । सिराहा जिल्लाको धनगढीमाई –१२, मा नेकपा एमालेको जनवर्गीय संगठनहरू गठन गर्ने उद्देश्यले वडा भेलाको आयोजना गरिएको थियो ।
एमालेका नेता जय प्रकाश शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला,प्रदेश लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
आयोजित कार्यक्रममा नेताहरु रामस्वरुप सदाय, शिवशंकर महतो, राष्टिय युवा संघका जिल्ला कमिटी सदस्य राम कुमार साह लगायतका नेताहरुले पार्टीका समसामायिक विषय केन्द्रित सम्बोधन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिले नेकपा एमालेको जनवर्गीय संगठनहरुको सशक्तीकरण र स्थानीय नेतृत्वको विकासमा यस प्रकारका वडास्तरीय कमिटीहरूको योगदान महत्त्वपूर्ण हुने बताउनु भएको थियो । साथै, मधेश प्रदेश सदस्य रामस्वरुप सदायले संगठनको एकता र जनहितका लागि पार्टीका कमिटीहरुको निर्माण आवश्यक रहेको र यसले पार्टीको स्थानिय तहमा सशक्त आधार बनाउने विश्वास व्यक्त गरेका थिए ।
नेकपा एमालेका जनवर्गीय संगठनहरु राष्टिय युवा संघ, अ.ने.म.संघ र अ.ने.किसान महासंघका वडा कमिटीहरुको गठन भएको उक्त पार्टीले जनाएको छ ।





