नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
सुनवलमा मिनिमाइक्रोबस र ट्रक ठोक्किँदा २२ घाइते, ७ को अवस्था गम्भीर ।।।
सुनवलमा मिनिमाइक्रोबस र ट्रक ठोक्किँदा २२ घाइते, ७ को अवस्था गम्भीर ।।।
थाङमिचागु डटकम संवाददाता

सन्दिप बर्मा, पुस ५ । सुनवल – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ मा शुक्रबार साँझ भएको गम्भीर सवारी दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरीले जनाएको छ ।
दुर्घटना बर्दघाटबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४६७ नम्बरको मिनिमाइक्रोबस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक आपसमा ठोक्किँदा भएको हो । दुर्घटना साँझ करिब ६ बजे भएको बताइएको छ ।
घटनास्थलमै उद्दार गरिएका २२ जना घाइतेमध्ये गम्भीर घाइते ७ जनालाई विशेष उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ भने देवदह मेडिकल कलेज भलुहीमा १८ जना उपचाररत छन् त्यस्तै लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ३ जनाको उपचार भइरहेको छ । गम्भीर घाइतेमध्ये एकजनालाई भैरहवा मेडिकल कलेजमा थप उपचारका लागि रेफर गरिएको छ ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार कार्य तत्कालै सुरु गरेका थिए । यस घटनाले ट्राफिक नियमको पालना र सवारी साधनको उचित नियन्त्रण आवश्यक रहेको स्पष्ट गरेको छ । घटना सम्बन्धि थप जानकारीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





