ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11
कालिञ्चोक गाउँपालिकामा उधाैली पर्वको अवसरमा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता भव्य रूपमा सम्पन्न
कालिञ्चोक गाउँपालिकामा उधाैली पर्वको अवसरमा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता भव्य रूपमा सम्पन्न

थाङ्मीचागु डटकम सम्बादाता
२ मंगलबार पुष २०८१

दोलखा कालिञ्चोक गाउँपालिका, दोलखा — कालिञ्चोक गाउँपालिका अध्यक्ष श्री अर्जुन प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यतामा उधाैली पर्वको अवसरमा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कालिञ्चोक गाउँपालिका वडा नं. १ का अध्यक्ष पदम थाङ्मी ज्यूले गर्नुभएको थियो।

प्रतियोगिता १ नं. वडाको आयोजनामा दिव्यस्वरी माविको प्राङ्गणमा सम्पन्न भएको थियो। कार्यक्रमको व्यवस्थापनमा कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्र, नामसालिङ सामुदायिक विकास केन्द्र, साथै टुकी सिविन स्रोत केन्द्रले महत्वपूर्ण सहयोग गरेका थिए। यसैगरी, १ नं. वडाका सम्पूर्ण विद्यालयका शिक्षक र विद्यार्थीहरूले व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रतियोगितामा १ नं. वडाले प्रथम स्थान हासिल गर्न सफल भयो भने ६ नं. वडाले दोस्रो, २ नं. वडाले तेस्रो स्थान र ९ नं. वडाले सान्त्वना स्थान प्राप्त गरेका छन्। कुल ९ वटा टिमहरूको सहभागिता रहेको प्रतियोगिताले स्थानिय खेलाडीहरूको हौसला अभिवृद्धि गर्दै खेलकुदको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ।

कार्यक्रममा कालिञ्चोक गाउँपालिका अध्यक्ष श्री अर्जुन प्रसाद शिवाकोटीले उधाैली पर्वको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै खेलकुदले समाजमा एकता, अनुशासन र सहकार्यको भावना जागृत गराउने बताए। साथै, उनले थामी समुदायको संस्कृति र भाषा संरक्षणका लागि हाल १ देखि ३ कक्षासम्मको थामी भाषाको पाठ्यपुस्तक छपाई भइसकेको जानकारी गराउँदै अब ८ कक्षा सम्मका लागि थामी भाषाको पाठ्यपुस्तक छपाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रमको अर्को विशेष आकर्षण थामी समुदायका गुरु आप्पाहरूको सांस्कृतिक प्रस्तुति रहेको थियो। लाल ब. थामी, थोले थामी, जित ब. थामी, दलमान थामी लगायतका गुरु आप्पाहरूले सेउले बमोको भाकामा नाच्दै थामी समुदायको संस्कार, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिनुभएको थियो।

यस प्रतियोगितामा समग्र पालिकाको टिम, प्रत्येक वडाका शिक्षक सरहरू र कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाउन योगदान पु¥याए।

कार्यक्रममा नेपाल थामी समाजका अध्यक्ष होम ब. थामी र जिल्ला खेलकुद समितिका अध्यक्षले समेत शुभकामना मन्तव्य राख्दै कार्यक्रमको सफलताको कामना गरेका थिए।

यसै क्रममा, वडा नं. १ का अध्यक्ष पदम थाङ्मी ज्यूले प्रतियोगिताको जानकारी थाङ्मीचागु डट कमलाई दिनुभएको थियो।

विजयी टिमहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो।

यस प्रतियोगिताले स्थानीय विद्यालयहरू, सामुदायिक संस्थाहरू र खेलकुद प्रेमीहरूलाई एकजुट गर्दै उधाैली पर्वको सांस्कृतिक महत्वसँगै खेलकुद गतिविधिलाई जोड्न सफल भएको स्थानीय बासिन्दाहरूको प्रतिक्रिया छ। साथै, थामी गुरु आप्पाहरूको सांस्कृतिक नृत्यले कार्यक्रमलाई थप भव्य र अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।






