नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत धनगढी बजारमा सडक नाटक ।।।
लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत धनगढी बजारमा सडक नाटक ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, मंसिर २३ । सिरहा जिल्लाको धनगढीमाई १० को धनगढी बजारको विश्वकर्मा चौकमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ ।
दलित जनकल्याण युवा क्लब लाहान , महिला अधिकार मञ्च धनगढीमाई , एकता युवा सञ्जाल धनगढीमाई आयोजक रहेको कार्यक्रममा सम्वन्य धनगढीमाई नगरपालिका र ईलाका प्रहरी कार्यालय धनगढीमाईको रहेको थियो भने एक्सन एडको सहकार्यमा आयोजित सडक नाटकमा दाइजो प्रथाले समाजमा पारेको नकारात्मक असरको चित्रण गर्दै घरभित्र दाइजोको कारणले महिलाले भोग्नु पर्ने पीडाको अनुभव गराउँदै न्यायिक अधिकार खोज्नका लागि महिलाले निकायसम्म पुग्न जरुरी रहेको सन्देश बोकेको सडक नाटक प्रदर्शनमा बाक्लो उपस्थिति स्थानियको रहेको थियो ।
आयोजित कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवी, प्रहरी, महिला, बालबालिका लगायतको सहभागिता रहेको थियो ।





