नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूलाई भने– ‘अब गफका भरमा देश चल्दैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका मन्त्री र सचिवहरूलाई ठोस र परिणाममुखी कामको आवश्यकतामा जोड दिएका छन्। सिंहदरबारमा आयोजित बैठकमा उनले देशको आर्थिक र विकास योजनालाई गफ र प्रक्रियावादको भरमा चलाउन नसकिने स्पष्ट पारे।
थाङमिचागु डटकम संवाददाता

प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रम व्यवस्थापनमा देखिएका विसंगतिहरू उल्लेख गर्दै ११ हजार नक्कली आयोजना हटाउनुपर्ने र बहुवर्षीय योजनाहरूमा न्यून बजेट विनियोजन गर्ने विकृतिलाई अन्त्य गर्नुपर्ने बताए।
उनले हरेक मन्त्रालयलाई उत्पादन, कृषि, ऊर्जा, र सूचना प्रविधि जस्ता क्षेत्रमा क्रान्तिकारी र नवप्रवर्तनशील काम गर्न सोच्नुपर्ने आवश्यकता औंल्याए। प्रधानमन्त्री ओलीले भने, “हामीले जनताका अपेक्षाअनुसार ठोस र परिणाममुखी काम गर्नुपर्छ। प्रक्रियावादमा मात्र अल्झिएर विकास सम्भव छैन।”
यो भनाइले सरकारको कामप्रति जिम्मेवारी र नतिजामुखी दृष्टिकोण अपनाउनुपर्ने सन्देश दिएको छ।





