लहानका मेयर चौधरी ग्रामीण टोलबस्तीमा जनसमस्या सुन्दै ।।

0Shares

लहानका मेयर चौधरी ग्रामीण टोलबस्तीमा जनसमस्या सुन्दै ।।।

संवाददाता, कार्तिक २५ लहान । लहानका मेयर महेश प्रसाद चौधरीले हालै आम जनताको समसामायिक समस्यामा केन्द्रित हुँदै ग्रामीण क्षेत्रका टोल बस्तीमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

थाङमिचागु डटकम संवाददाता

उनले लहान नगरपालिकाको दुर्गम उत्तरी क्षेत्र लहान २४ का खप्टेडाँडा, खेसराहा लगायतका टोल बस्तीम स्थलगत निरीक्षण गर्दै स्थानिय जनताको समस्या बुझेका हुन ।

मेयर चौधरीको यस भ्रमणले गाउँबस्तीका विभिन्न पूर्वाधारको समस्याहरूसँग सम्बन्धित चुनौतीलाई उजागर गरेको छ । स्थानिय बासिन्दाहरूसँगको भेटघाटमा उनले खानेपानी, विद्युत्, सडक विकास, सिँचाई तथा नदी नियन्त्रणमा केन्द्रित भएर चर्चा गरेका छन । नगरपालिकाले गतवर्षदेखि सुरु गरेको नदी नियन्त्रण परियोजना लगायत अन्य पूर्वाधार विकासको कार्यमा उनले विशेष चासो राख्दै जनताको समस्या समाधान गर्न वचनबद्धता जनाएका हुन ।

स्थानीयवासीहरूले औंल्याएका मुद्दाहरुलाई गम्भीरताका साथ सुन्दै मेयर चौधरीले ती समस्याहरुलाई यसैवर्ष समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार स्थानीयको चाहना अनुसार आवश्यक संरचना विकासमा नगरपालिका गम्भीर भएर लागिपर्नेछ । जनताको मागबमोजिम ती आवश्यक विकास कार्यहरू सम्पन्न गर्ने उद्देश्यका साथ जनताको सेवा र सुविधा पहुँचको प्रतिबद्धता उनले व्यक्त गरे ।

मेयर चौधरीको भ्रमण कार्यक्रममा वडा अध्यक्ष रासलाल राय, वडा सदस्य र स्थानीय अगुवाहरूको पनि उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *