दोलखाको गौरीशंकर गाउँपालिकालाई स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन एम्बुलेन्स हस्तान्तरण

0Shares

दोलखाको गौरीशंकर गाउँपालिकालाई स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन एम्बुलेन्स हस्तान्तरण गरिएको छ। आइतबार झ्यांकु स्वास्थ्य चौकीको आयोजनामा आयोजित कार्यक्रममा ललितपुरस्थित विश्वव्यापी मण्डली सेवाले गाउँपालिकाका वडा नम्बर ३ र ४ का बासिन्दाहरूलाई लक्षित गर्दै एक एम्बुलेन्स प्रदान गरेको हो।

थाङमिचागु डटकम संवाददाता

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष विश्वास कार्की थिए, जसका साथमा पालिकाका निर्वाचित जनप्रतिनिधि, बुद्धिजीवी, स्वयंसेविका, र स्थानीय बासिन्दाहरूको पनि उपस्थिति रहेको थियो। यस एम्बुलेन्स सेवाले दुर्गम क्षेत्रका बिरामीहरूको सहज र छिटो उपचारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

यो एम्बुलेन्स सेवाको स्थापना भएकोले गौरीशंकर गाउँपालिकाका दुर्गम र विपद्को समयमा स्वास्थ्य सेवासम्म पहुँच पाउन कठिनाइ झेलिरहेका बासिन्दाहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकीका प्रतिनिधिहरूले एम्बुलेन्सको निरन्तर सञ्चालन र मर्मतको जिम्मेवारी लिँदै आपत्कालीन सेवामा उच्च प्राथमिकता दिने बताएका छन्।

विश्वव्यापी मण्डली सेवाले स्वास्थ्य सेवा र समुदायमा सकारात्मक परिवर्तन ल्याउन आगामी दिनमा पनि विभिन्न सहयोगी कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताएको छ। स्थानीय बासिन्दाहरूले यो सहयोगप्रति आभार व्यक्त गर्दै, अब आकस्मिक स्वास्थ्य सेवा सुविधाको पहुँच सहज हुनेमा आशा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *