काठमाडौं महानगरपालिकाले छठ पर्वको अवसरमा स्वदेशी फूलको विक्रीलाई प्रोत्साहित गर्नका लागि ४६ स्थानमा बिक्री प्रबन्ध मिलाएको छ

0Shares

काठमाडौं महानगरपालिकाले छठ पर्वको अवसरमा स्वदेशी फूलको विक्रीलाई प्रोत्साहित गर्नका लागि ४६ स्थानमा बिक्री प्रबन्ध मिलाएको छ

थाङमिचागु डटकम संवाददाता

काठमाडौं महानगरपालिकाले यस वर्षको दिपावली, नेपाल संवत्, र छठ पर्वको अवसरमा स्वदेशी फूलको विक्रीलाई प्रोत्साहित गर्नका लागि ४६ स्थानमा बिक्री प्रबन्ध मिलाएको छ। प्लास्टिकजन्य फूल र सजावट सामग्रीको विक्रीमा रोक लगाउँदै महानगरपालिकाले स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्राथमिकता दिएको हो।

गत वर्षको अनुभव र सिकाइबाट यस वर्ष फूल विक्रेता किसानहरूको लागि थप सुविधा दिन माछापोखरी, बालाजु, कलंकी, स्वयम्भू, कालीमाटी, सुन्धारा, अनामनगर, चाबहिल, शंखमुल, कोटेश्वर, महाराजगञ्ज, सामाखुशी, कमलपोखरी, बालुवाटार लगायतका विभिन्न स्थानमा मल, पार्टी प्यालेस, स्टोर, र सेन्टरहरूमा बिक्रीका लागि स्थान छुट्याइएको छ।

महानगरपालिकाले यी स्थानमा स्वदेशी फूलको बिक्री गर्नका लागि व्यापारी किसानहरूलाई सहजीकरण गर्ने व्यवस्था मिलाएको छ र महानगर प्रहरी बलको सवारी साधनको प्रयोग गरेर पनि सहायता प्रदान गर्ने बताएको छ। महानगरले उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरी नेपाली किसानलाई समर्थन गर्न आग्रह गरेको छ।

यदि प्लास्टिकजन्य वा गैर-स्वदेशी सामग्रीको विक्री भेटिएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *