इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउन संविधान संशोधन गर्ने समझदारी भएको छ : देउवा
2024-11-20तीन पटकको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितको प्रदर्शन, प्रहरीले गर्यो लाठीचार्ज
2024-11-20नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश
नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश
थाङ्मीचागु डटकम सम्बादाता
काठमाडौं, कात्तिक ११ – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ।
खेलको निर्धारित समयसम्म नेपाल र भारत एक-एक गोलको बराबरीमा रहेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको थियो। पेनाल्टीमा नेपालले चार गोल गर्दा भारतले दुई गोल मात्रै गर्न सक्यो। खेलको क्रममा विवादका कारण दुई पटक रोकावट आउँदा खेल १७ मिनेट लम्बिएको थियो।
फाइनलमा नेपालले बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।
यो नेपालको लागि साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँगको दोस्रो पटकको प्रतिस्पर्धा हो। यसअघि सन् २०२२ मा पनि दशरथ रंगशालामा नेपालले भारतलाई पराजित गरे पनि फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१