यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति
दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति
थाङमिचागु डटकम संवाददाता
२०८१ असोज ६ गते २०:२३

६ असोज, काठमाडौं । विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।
भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको हो ।
ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईं विरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो ।
प्रसाईं सहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।





