धनगढीमाई नगरपालिकामा दीप प्रज्वलन सँगै ४२ औं विश्व शान्ति दिवस भव्य रूपमा सम्पन्न ।।।

0Shares

धनगढीमाई नगरपालिकामा दीप प्रज्वलन सँगै ४२ औं विश्व शान्ति दिवस भव्य रूपमा सम्पन्न ।।।

गाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, असोज ४, सिरहा ।
सिरहाको धनगढीमाई नगरपालिकामा ४२ औं विश्व शान्ति दिवस “शान्तिको संस्कृति, विकास गरौं” भन्ने मूल नाराका साथ भव्य रूपमा मनाइएको छ ।

दिवसको अवसरमा नगरपालिकामा र्यालीसहित दीप प्रज्वलन गर्दै शान्तिको सन्देश प्रवाह गरिएको थियो । हरेक वर्ष सेप्टेम्बर २१ मा मनाइने विश्व शान्ति दिवस 1982 देखि सुरु गरिएको हो, जसको प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभाले 1981 मा पारित गरेको थियो ।

धनगढीमाईको रेडक्रस सोसाइटी, ईलाका प्रहरी कार्यालय, नागरिक इकाई समिति, महावीर ग्रामीण ऋण तथा बचत सहकारी संस्था र साझा विकास केन्द्र धनगढीमाईको सहकार्यमा शान्ति र्यालीको आयोजना गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय अगाडिबाट सुरु भएको र्याली बजार परिक्रमा गर्दै रेडक्रस सोसाइटी धनगढीका पदाधिकारी गंगाराम यादवको अध्यक्षतामा कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा बौद्धिक व्यक्तित्व दुर्गा खड्काले शान्ति मानव जीवनको आधार भएको र यसैका लागि सबैको सहयोग आवश्यक रहेको बताए । सहभागी अमर कुमार योञ्जनले शान्ति बिना समाजको विकास सम्भव नहुने कुरा उल्लेख गरे ।

धनगढीमाई नगरपालिकामा मनाइएको यस दिवसमा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो भने कार्यक्रमको उद्घोषण जनक मोतेले गरेका थिए । कार्यक्रमको विशेष पहल संजय चौधरीले गरेका थिए ।

नेपालमा २०६५ सालदेखि विश्व शान्ति दिवस औपचारिक रूपमा मनाउने प्रचलन सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *