इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
दोलखा बिगु गाउँपालिका-७ मा भीरबाट लडेर ४७ वर्षीय महिलाको मृत्यु
२ आश्विन २०८१
थाङ्मीचागु डटकम सम्वाददाता ।
दोलखाको बिगु गाउँपालिकामा वडा -७मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको जनाइएकाे छ ।
बिगु गाउँपालिका –७ नङ्गरा भन्ने ठाउँकी ४७ वर्षीय भँगेरी थामीको भीरबाट लडेर मृत्यु भएको हो । हिजो करिब ११ वजे तिर घाँसकाे भारी बाेकी दिउँसो गोठमा जाने क्रममा लैसिङ कुनाकाे भिरबाट अन्दाजी ६०० मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सत्रुधन कुमार महतोले जानकारी दिनुभयो । निज थामीको हिजाे नै मृत्यु भएकाे र प्रहरीलाई ढिला गरि खबर प्राप्त भएको दोलखा प्रहरीले जनाएको छ ।
उनको शवलाई पोष्टमार्टका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएकोे जनाईएकाे छ ।





