नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
नामसालिङ र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा पोषण सुधारका लागि ७ सदस्यीय समिति गठन
नामसालिङ र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा कुपोषण नियन्त्रणका लागि ७ सदस्यीय समिति गठन

थाङ्मीचागु डटकम सम्बादाता १ असोज २०८१

दोलखा कालिञ्चोक १ नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रको आयोजनामा, विकास कोष नर्वेको आर्थिक सहयोग र कालिन्चोक गाउँपालिकाको समन्वयमा पोषण सुधार तथा अभ्यास सुधारका लागि स्थानीय स्वास्थ्यकर्मी र सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ। बैठकमा कुपोषण नियन्त्रणका लागि ७ सदस्यीय समिति गठन गरिनुका साथै पोषण कार्यक्रमको कार्ययोजना तयार गर्ने निर्णय गरिएको छ।

बैठकमा वडा अध्यक्ष, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, सहकारी संस्थाका अध्यक्ष लगायत २० जना सहभागी थिए। कार्ययोजनाअनुसार समुदायमा पोषणको उपलब्धता सुनिश्चित गरिने र कुपोषण तथा अन्य स्वास्थ्य समस्याहरूको निराकरण गर्न सहयोग पुर्याइने छ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष पदम थामीले गरेका थिए भने परियोजनाको बारेमा राजन क्षेत्रीले जानकारी दिएका थिए। तालिमको सहजीकरण तथा समन्वय पूर्ण थामीले गरेका थिए भने पोषण सम्बन्धि जानकारी कालिन्चोक स्वास्थ्यचौकीका हेल्थ इन्चार्ज रूपेशराय यादवले दिएका थिए।






