नेपालका प्रमुख दलका प्रतिनिधिहरू क्यामबोडियामा १२ औं ICAPP अधिवेशनमा सहभागी हुन प्रस्थान
2024-11-21इलामको माइजोगमाई गाउँपालिकामा मलामी चढेको ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते
2024-11-20दिनेश कामैतको उपचार घोपामा हुँदै ।।।
दिनेश कामैतको उपचार घोपामा हुँदै ।।।
विनोद मण्डल, भदौ १५ । सिरहा जिल्ला धनगढीमाई १० श्यामपुरका दिनेश कामतको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
आर्थिक स्थिति अत्यन्त नाजुक भएका कामैतको ढाड र पिठ्युँमा गहिरो घाऊ लागेपछि उपचारको अभावमा श्यामपुर स्थित भाडाको घरमा बस्दै आएका थिए ।
लाहान टुडेका पत्रकार शितल कुमार शाहको आग्रहमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेस्वर प्रसाद गुप्ता , नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्य विनोद मण्डल, नेपाल पोस्ट दैनिकका सम्भु चौधरी , पूर्वाञ्चल एकप्रेसका अनुभक्त चौधरी लगायतको टोली स्थलगत रिपोर्टिङका क्रममा उक्त ठाउँमा पुगेर रिपोर्टिङ गर्दै पूर्व पछिम राजमार्ग स्थित बाबुराम खोला पुलको केही दक्षिण आएर पत्रकारहरुले आंतरिक छलफलमा उपचारको बातावरण मिलाउनका लागी जुटेका थिए । वस्तु स्थितिको मूल्यांकन गर्दै विनोद मण्डलले कामैतको श्रीमती अमिरका कामैतलाई तत्कालै उपचारकाे बातावरण मिलाउनका लागी जिरोमाईल स्थित सुरेश यादवको घरमा पठाएका थिए ।
समाज सेवाको बातावरण बुझेका युवा सुरेश यादव र विनोद मण्डलको बीचमा फोन सम्पर्क भएपछि तत्काल उद्दारको बातावरण सिर्जना भई स्थानिय युवा अनिल सिंह र सुरेश यादव उनलाई धरान स्थित घोपामा उपचार गराई रहनु भएको छ ।
उपचार अन्तर्गत पिठ्युँमा लागेको घाऊमा सुधार भएपछि आउने बुधबारसम्म अप्रेशन गरिने उपचार स्थलबाट अनिल सिंहले जानकारी दिनु भएको छ ।
उनको उपचारको लागि समाजसेवी, बुद्धिजीवी, देश विदेशमा रहेका सहयोगी हातहरुबाट सहयोग प्राप्त भइरहेको छ ।
बिरामी कामैतको ढाड र पिठ्युँमा गहिरो चोट लागेको छ । घरको एक्लो कामत ज्यालामजदुरी गरी परिवार चलाउँदै आएका थिए ।