नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
लागु औषधसहित एक युवा नियन्त्रणमा ।।।
लागु औषधसहित एक युवा नियन्त्रणमा ।।।
विनोद मण्डल भदौ १३ । सिरहाको मिर्चैयाबाट प्रतिबंधित लागू औषध सहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिचैया नगरपालिका वडा नं.६ को मटियर्वाबाट २५ वर्षिय शुरेश यादवलाई आफ्नै काकाको घरको कोठामा लागुऔषध बिक्री वितरण गरीरहेको गोप्य सुचनाका आधारमा उक्त स्थानमा पुगेका प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैया र सिरहाबाट संयुक्त रूपमा खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा यादवले लगाएको पाईन्टको बाँया पट्टीको खल्ती भित्र Diamond कम्पनीको एरियल भएको मोबाईल थान-१, नगद रु.८०००।- (आठ हजार मात्र) र घर भित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको लागुऔषध फेला पारेको थियो ।
प्रहरी टोलीले रीतपुर्वक लागुऔषध अन्तर्गत १) Codiwell थान-६५ (पैसठी) बोतल
२) Codiwell को खाली बोतल थान-७० (सत्तरी)
३) NITRAVET-10 ट्याबलेट २ पताको ३० पिस
४) SAMPEX ३ पता २७ पिस फेला पारेको जिल्ला प्रहरी कार्यालाय सिरहाले जनाएको छ ।





