नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
अस्पतालमा बिरामीको चाप न्यून कर्मचारी मस्त निद्रामा ।।।
अस्पतालमा बिरामीको चाप न्यून कर्मचारी मस्त निद्रामा ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ १३ । मधेश प्रदेशको कतिपय सरकारी अस्पतालहरूमा बिरामीको चाप कम भएपछि त्यहाँ कार्यरत कर्मचारीहरु फुर्सदको समयमा निदाउँदै आएको अवस्था छ ।
मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तर्गत वितरण गरिनको लागि राखिएको औषधी र स्वास्थ्य सामग्रीहरु भण्डारण गरिएको ठाउँमा जथाभावी राखिएको भएपनि जबाफदेही निकायको फितलो अनुगमनको कारण स्वास्थ्य सामग्रीहरु बिग्रिन थालेको अवस्था रहेको छ ।
यता मधेश प्रदेशको विभिन्न स्वास्थ्य केन्द्रहरूमा औषधी अपुगको अवस्था छ । वितरण शाखाको लामो प्रक्रियाको कारणले गर्दा समयमा वितरणको अभाब भोग्दै स्थानिय अस्पताल र स्वास्थ्य केन्द्रहरूमा औषधी अभाब बढेको छ ।
तस्बिरमा देखाइएको अवस्था प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत कर्मचारी जयचन्द्र सिंह कार्यलयकै समयमा निन्द्रामा कुर्सीमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालबाट साभार गरिएको छ । यो दृश्य कुनै नौलो होइन, अधिकांश अस्पतालहरूमा यस्तै अवस्था देख्न सकिन्छ ।





