नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
जेसिज अध्यक्ष उमेश यादवको अध्यक्षतामा विद्यार्थीसंग नगर प्रमुख कार्यक्रम सम्पन्न ।।।
जेसिज अध्यक्ष उमेश यादवको अध्यक्षतामा विद्यार्थीसंग नगर प्रमुख कार्यक्रम सम्पन्न ।।।
थाङमिचागु डटकम संवाददाता

विनोद मण्डल, भदौ १३ । सिराहा जिल्लाको सामाजिक सेवाको वृत्तमा छुट्टै पहिचान बनाएका जेसीजको विद्यार्थी मेयर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
लहान सिटी जेसिजकाे आयोजना तथा पालिकाको सहकार्यमा लहान नगरपालिका- वडा नं १९ स्थित जनता मावि सोनमति गाढामा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नगरप्रमुख महेश प्रसाद चौधरीसंग समसामायिक विषय वस्तुमा केन्द्रित भएर समस्याहरू राखेका थिए ।
कार्यक्रममा मेयर चौधरीले विद्यालयका अधुरो कम्पाउण्ड वाल निर्माण पूरा गर्ने बताउनु हुँदै गत आर्थिक वर्षमा विद्यालयमा ६० लाखमा ४ काेठे भवन र २५ लाखमा वाल निर्माण लगायतको भौतिक संरचनाहरु निर्माणको स्मरण गराउनु हुँदै चालू आर्थिक वर्षमा थप बजेट करिब ९ लाख विनियोजन गरिएको बताए ।
सिटी जेसिजको गरिमामय पदमा आसिन भएपछि अध्यक्ष उमेश यादवले समाजका हितकर कार्यहरुलाई अगाडि बढाउनु भएको छ । आम विद्यार्थी र अभिभावकको भावनाको कदर गर्दै आयोजना गरिएको कार्यक्रममा समय सापेक्ष सान्दर्भिक शिक्षाको माग विद्यार्थीहरुले राखेका थिए ।
कार्यक्रममा स्थानिय समाजसेवी,जनप्रतिनिधि , शैक्षिक व्यक्तित्व लगायतको सहभागितामा आयोजित कार्यक्रम फलदायी भएको विद्यार्थीहरुले बताएका छन् ।





