भीमेश्वरमा सर्पको टोकाइबाट भक्तबहादुर थामीको ज्यान गयो
2026-07-18निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17
मुख्य मन्त्री सिंहको अनुगमन बहाना ।।।
मुख्य मन्त्री सिंहको अनुगमन बहाना ।।।
विनोद मण्डल, भदौ १५ । मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिँह पछिल्लो समय बहानाबाजी देखाउँदै आएका छन् । जनकपुर स्थित प्रदेश मन्त्रालयहरुको अनुगमन गरेर गर्नुपर्ने सुधारको दिशामा लाग्नुपर्ने सिंह यतिबेला देखावटी बाटोमा हिँडिरहेको अवस्था रहेको छ ।
पर्यटन क्षेत्रको रूपमा रहेको सखडा भगवती मन्दिर जाने बाटोको अवस्था जर्जर रहेको छ साथै हुलाकी राजमार्गमा अधुरो सडक र भौतिक संरचनाहरु निर्माणको पर्खाइमा एकातिर रहेको छ भने अर्कोतिर जनकपुर स्थित स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधी र स्वास्थ्य सामग्री वितरण शाखामा माननीय मन्त्री ज्युले खासमा अनुगमन गरेर मधेश प्रदेशका स्वास्थ्य केन्द्रहरूमा आवस्यक सहयोगको ब्यबस्थापनमा ध्यान दिनु जरुरी रहेको छ ।
दलित बस्तीमा गएर देखावटी अनुगमन , अस्पतालमा रातिको समयमा अनुगमन यो कुनै हिसाबले उपयुक्त होइन ।
मधेश प्रदेशमा केयौ विकास निर्माण कार्यहरु ठप्प रहेको छ । साथै यदि अनुगमन नै मुख्यमन्त्रीले गर्ने हो भने लाहान नगरपालिकाको दक्षणी भेकमा तिलेबोनाको पूर्व बलान खोलाले कटान गर्दै आएको छ । उक्त ठाउँहरूमा दिगो विकासको बातावरण सिर्जना आजको आवश्यकता हो ।
मधेश प्रदेशमा ग्रामीण सडकको अवस्था जर्जर रहेको छ । समसामायिक विषय वस्तुमा केन्द्रित भएर ग्रामीण अनुगमन यदि मुख्य मन्त्रीले गर्ने हो भने यसको सकारात्मक प्रभाव चौतर्फी पर्ने देखिन्छ ।





