नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
खेल जगतको शान श्रवण ठकुरी ।।।
खेल जगतको शान श्रवण ठकुरी ।। ।
विनोद मण्डल, भदौ १५ । सिराहा जिल्लाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ डावर तथा हाल धनगढीमाई १३ का चर्चित युवा श्रवण ठकुरी विगत लामो समयदेखि स्थानिय स्तरमा रहेको खेलाडीहरुलाई राष्ट्रिय खेलकुदको क्षेत्रमा पुगाउँदै आउनु भएको छ ।
स्थानिय स्तरमा रहेको फुटबल खेलाडीहरुलाई उनीहरूको प्रतिभाको मूल्यांकन गर्दै राष्ट्रिय स्तरमा सहभागी गराउँदै आउनु भएको छ ।
सिरहाका टोल बस्तीमा लुकेर रहेको फुलबल खेलाडीहरुको प्रतिभालाई राष्ट्रको मूल धारमा ल्याउन उनले सिरहाबाट खेलेको भूमिका स्मरणयोग्य रहेको देखिन्छ ।
सानै उमेरदेखि खेलप्रेमी भावना बोकेका उनको निर्णय खेल जगतका अतिरिक्त सामाजिक कार्यमा समेत उल्लेखनीय रहेको छ । सरल स्वभाव , मृदुभाषी समाजका अगुवा समेत रहेका उनले धनगढीमाई वडा नं १३ को लागि हरेक क्षेत्रमा पुर्याएको योगदान स्मरणयोग्य रहेको छ ।
आम युवाको भावना बुझेर सामाजिक र राजनीतिक क्षेत्रमा पहिचान बनाउन सफल उनको पछिल्लो खेल जगतप्रतिको योगदानले व्यापक चर्चा पाएको छ ।
सिराहा जिल्लामा हुने फुटबल प्रतियोगिताहरुमा उनको सहभागिताले खेलले छुट्टै अस्तित्व कायम गरेको आम बुझाई रहेको पाइन्छ ।
समाजका कतिपय जटिल निर्णयहरु लिनुपर्दा स्थानिय जनप्रतिनिधिहरुले उनको साथ सहयोग लिँदै आएको एउटा अवस्था छ भने अर्कोतिर जिल्ला र प्रदेश स्तरमा हुने हरेक फुटबल प्रतियोगिताहरुमा उनको अनिवार्य सहभागिता सहितको निर्णय मान्य हुँदै आएको अवस्था छ ।





