मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
सुनकोसीमा गाडी दुर्घटना घाइते ‘डिस्चार्ज’, तीनजना अझै बेपत्ता
सुनकोसीमा गाडी दुर्घटना घाइते ‘डिस्चार्ज’, तीनजना अझै बेपत्ता
थाङािचागु डटकम संवाददाता

सुनकोसी नदीमा गाडी खस्दा बेपत्ता भएका तीनजना अझै भेटिएका छैनन् । शनिबार बेलुका सिन्धुलीको गोलन्जोर गाउँपालिका–१, कुडुलेस्थित सडकबाट प्रदेश३ख ०२३च ६३६६ हाइलक्स गाडी सुनकोसीमा खसेको थियो ।
उक्त गाडीमा चारजना सवार थिए । तीमध्ये एकजना उपचारपछि ‘डिस्चार्ज’ भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवं डीएसपी अनिल खड्काले जानकारी दिए ।
दुर्घटनामा घाइते भई उपचारपछि डिस्चार्ज हुनेमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका २७ वर्षीय सुशान्त कक्षपति छन् । सिन्धुलीकै खुर्कोटस्थित अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भएका डीएसपी खड्काले बताए ।
उनले आफूले हाम फालेर ज्यान जोगाएको बताएका छन् । हाल उनी प्रहरीको सम्पर्कमा छन् ।
बेपत्ताको खोजीकार्य जारी छ । बेपत्ता हुनेमा गाडी चालक सूर्यविनायक नगरपालिकाकै ३२ वर्षीय अबिन बके, सोही ठाउँका ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा छन् । उनीहरू चारैजना साथी रहेका र खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरी फर्कंदै गर्दा दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब ६०–६५ मिटर तल सुनकोसीमा खसेर बेपत्ता भएको थियो । जीप भेटेर आइतबार बिहान करिब २ बजे नदी किनारामा ल्याइए पनि त्यसमा सवार तीनजना फेला नपरेको डीएसपी खड्काले बताए ।
“घाइते (सुशान्त कक्षपति)ले गाडीमा अगाडि बसेका चालकसहित दुईजनाले सिटबेल्ट लगाएको बताएका थिए,” उनले थाङमिचागु डटकम संवाददाता संग भने, “त्यही आधारमा उहाँहरू गाडीभित्र भेटिने अनुमान थियो । तर, भेटिएन ।”
बेपत्ताको खोजीमा हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोताखोरसहितको टोली खटिएको उनले जानकारी दिए ।





