थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
Tuesday, June 16, 2026
पहिरोले ३ वटा घर बगाएको र एक घर पुरेको छ, जसमा एकै परिवारका आमा-छोरासहित ६ जनाको मृत्यु भएको छ।
थाङ्मीचागु डटकम सम्बादाता ९ भदौ २०८१
रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ स्थित लेखर्कमा शनिबार राति परेको अविरल वर्षाका कारण आएको पहिरोले ठूलो क्षति पुर्याएको छ। पहिरोले ३ वटा घर बगाएको र एक घर पुरेको छ, जसमा एकै परिवारका आमा-छोरासहित ६ जनाको मृत्यु भएको छ।
यस घटनामा एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको छ। हालसम्म चार जना अझै बेपत्ता रहेका छन्, र तिनीहरूको खोजी कार्य स्थानीयबासी, नेपाल प्रहरी, र नेपाली सेनाको टोलीद्वारा जारी छ।
यो घटनाले स्थानीय समुदायमा ठूलो शोक छाएको छ, र पीडित परिवारहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको छ।




