Asian Nepali Restaurantका सञ्चालक सोनाम शेर्पाद्वारा रसुवा बाढीपहिरो पीडितलाई रु. ३० हजार सहयोग ।।।
2026-08-30भोटेकोशीमा बहाव बढे पनि ठूलो जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा
2026-08-30
Tuesday, September 1, 2026
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ।
थाङ्मीचागु डटकम सम्बादाता ९ भदौ २०८१
रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। गएराति आएको पहिरोले ४ वटा घर बगाउँदा ११ जना बेपत्ता भएका थिए, जसमध्ये दुई जनाको शव फेला परेको हो। मृतकहरू चण्डिका थापामगर र एक वर्षीय बालक हुन्, जो आमा-छोरा हुन्।
अन्य आठ जना अझै बेपत्ता रहेका छन्, र उनीहरूको खोजी कार्य जारी छ। नेपाली सेना र नेपाल प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्यमा संलग्न छन्। यस घटनामा टोकरपुर खोलामा आएको बाढीले ढोईगाउँ र टोकरपुर जोड्ने पक्की पुल समेत बगाएको छ। घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ।




