यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
श्रीमानले उनीमाथि हिंसात्मक शैलीमा प्रहार गर्दै , भोलिका दिनमा देवीको ज्यान गयो भने जिम्मेवारी कसले लिने ? “
देवी थामीको ज्यान जोखिममा उनीमाथि श्रीमानको हिंसात्मक प्रहार जारी ।।।
थाङ्मीचागु डटकम संवाददाता, २०८१ साउन ३२ । दोलखा जिल्लाको विगु गाउँपालिकामा श्रीमानको हिंसाबाट पीडित एक महिलाको खवर बाहिर आएको छ ।
” श्रीमानले उनीमाथि हिंसात्मक शैलीमा प्रहार गर्दै , भोलिका दिनमा देवीको ज्यान गयो भने जिम्मेवारी कसले लिने ? “
कक्षा १२ पढ्दै गरेकी देवीलाई भगाएर लगेको केही दिनमै देवीले श्रीमानको कच कच र मानसिक दबाबमा बस्नु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुँदै आएको छ । आर्थिक रूपले सवल देवीका श्रीमानलाई स्थानिय प्रशासनले सबै कुरामा छुट दिँदै आएको अवस्था छ । इलाका प्रहरी कार्यालयमा देवीले न्याय खोज्दै गर्दा उनका माइती पक्षलाई प्रहरीले नियन्त्रणमा लिने गरेको अवस्था देखिन्छ ।
महिला हिंसासम्बन्धी कानुनले महिलाका अधिकार र सुरक्षालाई सुनिश्चित गर्न विभिन्न उपायहरू प्रदान गर्छ । नेपालमा प्रमुख कानुनी संरचनाहरू यसप्रकार छन् :
- नेपालको संविधान (२०७२) संविधानले महिला र पुरुषबीच समानता सुनिश्चित गर्ने व्यवस्था गरेको छ। यसले सबै प्रकारको भेदभाव र हिंसा विरुद्ध सुरक्षा प्रदान गर्छ।
- महिला, किशोरी र बालिका विरुद्धको हिंसा (निवारण र नियन्त्रण) ऐन, २०७१ यस ऐनले घरेलू हिंसा, यौन हिंसा, मानव बेचबिखन, र मानसिक यातना विरुद्ध कानूनी प्रावधानहरू राख्छ । यस ऐनअन्तर्गत, पीडित महिलाले न्यायका लागि अदालतमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ ।
- दण्ड संहिता (२०७४) यस संहिताले यौन उत्पीडन, बलात्कार, र अन्य प्रकारका शारीरिक तथा मानसिक हिंसासँग सम्बन्धित अपराधहरूको सजाय सुनिश्चित गर्छ।
- प्रहरी ऐन (२०३१) : यस ऐनले हिंसा सम्बन्धी घटनाहरूमा प्रहरीको भूमिका र जिम्मेवारीलाई स्पष्ट गर्छ।
- संविधानिक अधिकार आयोग महिलाका अधिकारको संरक्षण गर्न यो आयोगले सिफारिश र निगरानी कार्यहरू गर्दछ ।
यो कानुनी संरचना महिलाका अधिकारको रक्षा गर्ने र हिंसाविरुद्ध प्रभावकारी संघर्षमा सहयोग पुर्याउने उद्देश्य राख्दछ ।
महिला हिंसा एक गम्भीर सामाजिक समस्या हो जसले महिलाको स्वास्थ्य, शिक्षा, र सामाजिक-सामर्थ्यमा ठूलो नकारात्मक असर पुर्याउँछ । यसमा घरेलू हिंसा, यौन उत्पीडन, मानसिक यातना, र शारीरिक हिंसा समावेश छन् ।
दोलखा जिल्लाको बिगु ८ का च्यानाराङ थामीको नातिनी गर्भे थामीको छोरी, बर्षा २३ की देवी थामीको विवाह बिगु ६ का सन्त बहादुर थामीका छोरा, बर्षा २३ का दिपेस थामीसँग सामाजिक परम्परा अनुसार भएको हो तर, श्रीमान दिपेस थामीले रक्सी सेवन गरेर देवीलाई पिट्न थालेका छन् । पटक-पटक यातना भोगेपछि देवीले स्थानिय प्रशासनमा उजुरी दिएकी थिइन्, तर उचित न्याय प्राप्त गर्न सफल भइनन् ।
श्रीमानले सार्वजनिक स्थानमा देवीलाई हिंसात्मक शैलीमा लछार पछार गर्दै पिट्ने र घरमा ढोका थुनेर सुम्ला निलडाम उठने गरी पिट्ने गरेका छन् । इल्लाका प्रहरी कार्यालयमा उजुरी दिएता पनि श्रीमानले हिंसात्मक गतिविधि जारी राखेका छन् ।
देवी थामी अब पनि न्यायको खोजीमा संघर्ष गर्दैछन्, र उनको समस्या समाधान गर्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।
पीडित देवीलाई न्यायको ढोकासम्म पुगाउनका लागि जिल्लाका मानव अधिकारकर्मी , महिलाअधिकारकर्मी, पत्रकार ,नागरिक समाज लगायतको सहयोग आवस्यक रहेको छ । समयमा यदि सम्बन्धित निकायले ध्यानकर्षण नगर्ने हो भने देवीले कठोर यातना खेप्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको छ ।
नेपालको संविधान, २०७२ ले महिलाको अधिकार र समानता सुनिश्चित गर्न विभिन्न प्रावधानहरू प्रदान गर्दछ। प्रमुख कानुनी संरचनाहरू यसप्रकार छन्:
- समानता र गैर-भेदभाव (धारा १७) संविधानले सबै नागरिकलाई समानता र गैर-भेदभावको अधिकार सुनिश्चित गर्छ। यसले महिलाहरूलाई लिंगको आधारमा भेदभाव नगर्नुपर्छ भन्ने प्रावधान राख्दछ।
- महिला र पुरुष बीच समानता (धारा २०): संविधानले महिलाका अधिकार र अवसरहरूमा समानता सुनिश्चित गर्न र कुनै पनि प्रकारको भेदभावलाई निषेध गर्दछ।
- महिला र बालिका संरक्षण (धारा ३९) संविधानले महिलाहरू र बालिकाहरूको सामाजिक, आर्थिक, र कानूनी अधिकारहरूको रक्षा गर्ने प्रावधान गरेको छ।
- हिंसा विरुद्ध संरक्षण (धारा ३६) महिलाका विरुद्ध हिंसा, विशेष गरी घरेलू हिंसा र यौन हिंसा विरुद्ध कानूनी सुरक्षा र सहायता प्रदान गर्न व्यवस्था गरिएको छ।
- विशेष अधिकार (धारा ८२) महिलालाई विशेष सुरक्षाका उपायहरू अपनाउन र सामाजिक तथा आर्थिक असमानतासँग जुद्न सहयोग पुर्याउने व्यवस्था गरिएको छ।
यी प्रावधानहरूले महिलाका अधिकारलाई संरक्षण गर्न र समाजमा लिंगको आधारमा समानता सुनिश्चित गर्न मद्दत पुर्याउँछन्।





