विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप ब्रेकिङदेखि गहन विश्लेषणसम्म ।।।
2026-08-27नेपाली सेनाका क्याप्टेनसहित ८५ सुरक्षाकर्मी अझै सम्पर्कविहीन ।।।
2026-08-27
Thursday, August 27, 2026
यसरी खोजी हुँदैछ त्रिशूलीमा हराएका यात्रु र बस (तस्वीरहरु
यसरी खोजी हुँदैछ त्रिशूलीमा हराएका यात्रु र बस (तस्वीरहरु)
थाङमिचागु डटकम संवाददाता

२९ असार, काठमाडौं । शुक्रबार बिहान ३ बजे मुग्लिन नारायणगढ सडक अन्तर्गत भरतपुर महानगरपालिका सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएको दुईवटा बस अझै भेटिएको छैन ।
केही दिनदेखिको अविरल वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्डमा लगातार पहिरो जाँदा सडक अवरुद्ध भइरहेको छ भने दुर्घटनामा मानवीय क्षति पनि भइरहेको छ ।

राजधानी काठमाडौं जोड्ने मुख्य सडकमार्ग पहिरो खसेर अवरुद्ध भइरहँदा धेरै सर्वसाधारणको बिजोग भइरहेको छ । त्रिशूली नदीमा शुक्रबार बिहान हराएको बस खोज्न त्रिशुली नदीमा सुरक्षाकर्मीहरु खटिइरहेका छन् ।
माथि सडकमा सर्वसाधारण र सवारी चालकहरु पनि दुर्घटनाग्रस्त क्षेत्रमा रोकिएर हेर्ने गरेका छन् ।







