भारी वर्षासँगै तामाकोशी नदी र रोल्वालिङ खोलामा आएको बाढीले दोलखाको उत्तरी क्षेत्रमा एक महिला बेपत्ता सहित व्यापक क्षति गरेको छ ।।।

0Shares

भारी वर्षासँगै तामाकोशी नदी र रोल्वालिङ खोलामा आएको बाढीले दोलखाको उत्तरी क्षेत्रमा एक महिला बेपत्ता सहित व्यापक क्षति गरेको छ ।।।

थाङ्मीचागु डटकम
२२ असार २०८१, शनिबार

जिरी(दोलखा) । भारी वर्षासँगै तामाकोशी नदी र रोल्वालिङ खोलामा आएको बाढीले दोलखाको उत्तरी क्षेत्रमा व्यापक क्षति गरेको छ ।

गएराती र आज विहान आएको बाढीले विभिन्न संरचनामा क्षति गर्नुका साथै एक महिला बेपत्ता भएकी छन् । रोल्वालिङ खोलामा आएको बाढीमा परि गौरीशंकर गाउँपालिका–९ डोगाङमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी एक महिला बेपत्ता भएकी हुन् । अन्दाजी ६० वर्षीय जाङमु शेर्पा बेपत्ता भएको र उनको खोजी कार्य जारी रहेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले ३ घरसहित होटल पनि बगाएको छ । रोल्वालिङ खोलामा आएको बाढीले छ्योतछ्योत-सिमीगाउँ-च्छो रोल्पा पदमार्गस्थित गौरीशंकर गाउँपालिका–९ डोगाङमा सञ्चालनमा रहेका घर र होटल पुरेको हो ।

बाढीमा बेपत्ता भएकी महिलाको खोजीमा स्थानीय जुटेका छन् भने घटनास्थलमा गोँगरबाट प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिनुभयो । बाढीमा एक महिला वेपत्ता भए पनि क्षेतिको थप विवरण आउन बाँकी छ ।

तामाकोशी नदीमा आएको बाढीले नदी किनार क्षेत्रमा क्षेति गरेको छ । बाढीले लामाबगरको सिस्नेरीमा रहेको चाइनिज बेस क्याम्पमा क्षति पुर्याएको छ भने जगतमा सडक कटान भएपछि आवतजावतमा समस्या भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *