एमालेले बोलायो संसदीय दलको बैठक

0Shares

एमालेले बोलायो संसदीय दलको बैठक

थाङमिचागु डटकम संवाददाता

नेकपा (एमाले) को संसदीय दलको बैठक बोलाएको छ

आइतबार बिहान १० बजे बस्नेगरी संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ। 

बैठक पछिल्लो राजनीति परिस्थितिबारे छलफल हुने बर्तौलाले जानकारी दिए।

एमालेले कांग्रेससँग सहकार्य गरी सरकार बनाउने सहमति जुटेसँगै मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेको छ।

यसबारे संसद सचिवालयलाई पनि जानकारी दिएर अब प्रतिपक्षमा रहने भनिसकेको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरी संसदबाट विश्वासको मत लिने भनिसकेका छन्।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने जानकारी पत्रमार्फत संसद सचिवालयलाई जानकारी दिइसकेका छन्।

यद्यपि एमाले र कांग्रेस एकातिर हुँदा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहँदैन।

यी सबै विषय र पछिल्लो राजनीतिक परिस्थितिबारे एमालेले आजको बैठकमा छलफल गर्नेछ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *