बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!
2026-08-28
Friday, August 28, 2026
सिन्धुलीमा बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
सिन्धुलीमा बीपी र मध्यपहाडी राजमार्ग अवरुद्ध
थाङमिचागु डटकम संवाददाता

२२ असार, काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ ।
पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।





