अविरल वर्षाका कारण लुम्बिनीमा ठाउँ ठाउँमा पहिरो, सडक अवरूद्थ

0Shares

अविरल वर्षाका कारण लुम्बिनीमा ठाउँ ठाउँमा पहिरो, सडक अवरूद्थ

थाङमिचागु डटकम संवाददाता

अविरल वर्षाका कारण पहिरो जाँदा लुम्बिनीका विभिन्न सडक अवरूद्ध भएको छ। 

 सल्यानको कपुरकोट नजिकै पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

पानी परिरहेको तथा माथिबाट लेदोमाटो खसिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार सिस्ने गाउँपालिका-६ रानीकोटमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्गको दाङ सडक अवरूद्ध भएको छ।

त्यस्तै दाङको तुलसीपुर – घोराही सडक खण्डको हापुर खोलामा आएको बाढीका कारण साना सवारी साधन संचालनमा रोक लगाइएको छ।

उक्त मोटरसाइकल लगायत साना सवारी संचालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए।  

सोही सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा निर्माणाधीन पुलको डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरु बढीले बगाएको छ।

बाढीले ह्युमपाइप बगाइदिएपछि बाइपास हुँदै सवारी साधन सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार भाइरल रोड हुँदै अधिकांश सवारीसाधन संचालनमा आएका छन्। यो खोलामा पक्की पुल निर्माणको काम यही वर्षदेखि सुरु गरिएको भएपनि पिलर ठड्याउने काम मात्रै भएको छ ।

वर्षाका कारण जिल्लाका खोला तथा नदीहरुमा पानीको वहाब ह्वात्तै बढेको छ । राप्ती नदीको तटीय क्षेत्र र बबइ नदी क्षेत्रका सर्वसाधारणलाइ सतर्क रहन आग्रह गरिएको छ ।

प्यूठानका प्रहरी प्रमुख डिएसपी इश्वर थापाले दाङको भालुवाङ –प्यूठान सडक खण्ड अन्तरगत माण्डबी गाउँपालिकाको गर्जेनीमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ।

त्यस्तै प्यूठानदेखि दाङको बंगलाचुली सडक खण्डको ताछ्ने भिर नजिकै पनि पहिरोका कारण  उक्त सडक खण्ड अवरुद्ध भएको डिएसपी थापाले बताए। दुवै सडक खण्ड खुलाउने प्रयास जारी रहेको डिएसपी थापाले बताए ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले राप्ती नदी लगायतमा पानीको वहाब ह्वात्तै बढेको हुँदा सा‍वधानी अपनाउन सचेत गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *