यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
बलात्कार आरोपमा टोपबहादुर वली पक्राउ घरबाट भरूवा बन्दुक बरामद
बलात्कार आरोपमा एक पक्राउ, घरबाट भरूवा बन्दुक बरामद
थाङमिचागु डटकम संवाददाता

सल्यानमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्लाको त्रिवेणी गाउँपालिका – ३ टाट्केका ४२ वर्षीय टोपबहादुर वली पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार वलीविरूद्ध ४३ वर्षीया महिलालाई बलात्कार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो।
असार १९ गते राति महिलाको घरमा पुगेका उनले कोही नभएको मौकामा ती महिलामाथि बलात्कार गरेको आरोप छ। घटना हुँदा महिलाका श्रीमान घरमा थिएनन्।
पीडित महिलाले असार २० गते इलाका प्रहरी कार्यालय लुहाममा वलीविरूद्ध जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा लुहामबाट खटिएको प्रहरी निरीक्षक रेशमलाल पौडेल नेतृत्वको टोलीले वलीलाई पक्राउ गरेको थियो।
पीडित पक्षकै सुराकीको आधारमा वलीको घर खान तलासी गर्दा एक थान भरुवा बन्दुक लुकाइ छिपाइ राखेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक धमलाले बताए ।





