रामनाथ महतोको लाठी प्रहारबाट दुई घाईते ।।।
2024-10-22सदरमुकाम चरिकोटमा रास्वपाले लामिछानेको पक्राउको विरोधमा नाराबाजी प्रदर्शन
2024-10-21कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद
कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद
थाङमिचागु डटकम संवाददाता
कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद भएको छ ।
धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरप् नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
बोहोराकाअनुसार धनगढीको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहीद गेट, गोदावरी नगरपालिका-२ को रिङरोड र टीकापुर नगरपालिका-९ बालुटारबाट भन्सार छली गरेको पाँच लाख ५० हजार बराबरको अवैध सामान बरामद गरिएको हो ।
बरामद गरिएका सामानमा कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लाष्टिक र किरानापसल समानहरु रहेको डीएसपी बोहोराले बताए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
अवैध सामान कैलाली