नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई
काठमाडौँमा केही समयपछि मेलम्चीको पानी बन्द हुन्छ: खानेपानी मन्त्री राई
थाङमिचागु डटकम संवाददाता

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मेलम्ची खानेपानी केही समयपछि बन्द हुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राईले सो खानेपानीको विकल्प पनि सरकारले सोचिसकेको बताएका हुन् ।
मन्त्री राईले बाढीको मात्रा बढ्ने बित्तिकै मेलम्चीको पानी काठमाडौँ ल्याउने कुरा सम्भव नहुने अवस्था रहेको तथ्य पनि स्मरण गराए । मन्त्री राईले भने, ‘मेलम्ची खानेपानीको सुरुङ बन्द गर्ने हल्ला छ । त्यो चाहिँ बाढीको कारणले गर्दा खेरी हिलो आउने, अनि भत्किने कारणबाट अहिले ठुलो बाढी नआएकाले यसलाई बन्द गरिएको छैन । केही समयपछि बन्द हुने कुरा पनि छ । त्यसपछि त्यहाँको पानीको समस्या समाधान गर्नका लागि हामीले अन्य विकल्पहरू पनि सोचिएको कुरा म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु ।’
मन्त्री राईले मेलम्चीको लार्के र याङ्ग्री खोलाबाट पनि पानी ल्याउने तयारी सुरु गरिएको बताए ।
मेलम्ची खानेपानी





