निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद
कैलालीमा साढे ५ लाखको अवैध सामान बरामद
थाङमिचागु डटकम संवाददाता

कैलालीमा साढे पाँच लाखको अवैध सामान बरामद भएको छ ।
धनगढी उपमहानगरपालिकासहित गोदावरी नगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट भन्सार छलेर भित्र्याइएको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरप् नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।
बोहोराकाअनुसार धनगढीको चौराह, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहीद गेट, गोदावरी नगरपालिका-२ को रिङरोड र टीकापुर नगरपालिका-९ बालुटारबाट भन्सार छली गरेको पाँच लाख ५० हजार बराबरको अवैध सामान बरामद गरिएको हो ।
बरामद गरिएका सामानमा कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लाष्टिक र किरानापसल समानहरु रहेको डीएसपी बोहोराले बताए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
अवैध सामान कैलाली





