७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
Saturday, October 17, 2026
राष्ट्रिय खेलकुदलाई बजेट दिंदा अरूमा कटौती भयो : खेलकुदमन्ति
राष्ट्रिय खेलकुदलाई बजेट दिंदा अरूमा कटौती भयो : खेलकुदमन्ति
थाङमिचागु डटकम संवाददाता

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १०औं राष्ट्रिय खेलकुदलाई पर्याप्त बजेट दिंदा अन्य ठाउँमा अपुग भएको बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिंदै आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले भने, ‘१०औं राष्ट्रिय खेलकुदलाई ६० करोड बजेट विनियोजन गर्नुपर्दा खेलकुदका अन्य क्षेत्रमा चाहेजति बजेट दिन सकिएन ।’
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि किन कम बजेट भन्ने सांसदको प्रश्नमा पनि मन्त्री श्रेष्ठले सोही जवाफ दोहोर्याए । उनले भने, ‘सो रकमसमेत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि दिनुपर्ने अवस्था आयो ।’
यसअघि नवौं राष्ट्रिय खेलकुदमा पनि ६० करोड बजेट विनियोजन भएको थियो ।





