इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता
सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता
थाङमिचागु डटकम संवाददाता

३ असार, सुर्खेत । सुर्खेतमा मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा पञ्चपुरी नगरपालिका ११ का ६० वर्षीय सज्जन कामी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी सोमबार कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका थिए । मलामी गएका उनी पौडी खेल्न भन्दै भेरी नदीमा पसेका थिए ।
सोही क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । बेपत्ता सज्जनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता भेरी नदी





