इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द
फिस्लिङमा पहिरो, पृथ्वी राजमार्ग बन्द
थाङमिचागु डटकम संवाददाता

३ असार, काठमाडौं । पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।
पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।
पहिरोले दुवैतर्फका सवारीसाधन रोकिएका छन् । यात्रुहरु अलपत्र परेका छन् ।





