सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता

0Shares

सुर्खेतमा मलामी गएका एकजना भेरी नदीमा बेपत्ता

थाङमिचागु डटकम संवाददाता

३ असार, सुर्खेत । सुर्खेतमा मलामी गएका एक व्यक्ति पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा पञ्चपुरी नगरपालिका ११ का ६० वर्षीय सज्जन कामी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी सोमबार कुइनेस्थित भेरी कर्णाली दोभानमा मलामी गएका थिए । मलामी गएका उनी पौडी खेल्न भन्दै भेरी नदीमा पसेका थिए ।

सोही क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । बेपत्ता सज्जनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ता भेरी नदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *