इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Wednesday, October 14, 2026
पेट्रोल पम्पमा फेरि लाइन
पेट्रोल पम्पमा फेरि लाइन
थाङमिचागु डटकम संवाददाता

काठमाडौँ । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण ठप्प बनेको छ ।


आयल निगमका प्रवक्ताले आजदेखि मजदुर आन्दोलनमा उत्रिएको जानकारी दिए । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।

निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोक गरेसँगै सामाखुसीस्थित सर्वसाधारण नेपाल प्रहरीको पम्पमा पेट्रोल भर्न लाइन लाग्न पुगेका हुन् ।





