नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
ओलीले भने : राम जन्मभूमि माडीमै पर्छ
ओलीले भने : राम जन्मभूमि माडीमै पर्छ

थाङमिचागु डटकम संवाददाता
२५ जेठ, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि चितवनको माडी नै भएको दोहोर्याएका छन् ।
एमाले चितवनको ११औं जिल्लाअधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा ओलीले धार्मिक पौराणिक सांस्कृतिक मान्यताका आधारमा रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे । ‘शास्त्रमा मज्जासँग लेखेको छ, तर कोही किन बोल्दैन’ उनले भने, ‘ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’
आफू प्रधानमन्त्री भएको बेला माडीको अयोध्यापुरीमा मन्दिर र मूर्ति बनाएर पठाएको स्मरण गर्दै उनले व्यवस्थित मन्दिर र धामको रूपमा विकास गर्नुपर्ने बताए ।





