प्रहरीको नयाँ प्रयास- समुदायसँग नजिकिने, ड्युटीमा खटिएका प्रहरीलाई हौसला,गृहमन्त्री लामिछाने ।।।

0Shares

प्रहरीको नयाँ प्रयास- समुदायसँग नजिकिने, ड्युटीमा खटिएका प्रहरीलाई हौसला,गृहमन्त्री लामिछाने ।।।

थाङ्मीचागु डटकम सम्बादाता २०८१ वैशाख १ गते १४:३८

काठमाडौं । प्रहरी परिसर काठमाडौंको प्रमुख भएर आएदेखि नै प्रहरी कर्मचारीको मनोबल बढाउन र सर्वसाधारणलाई प्रहरीसँग नजिक ल्याउन विभिन्न नयाँ प्रयोग गर्दै आएका एसएसपी भुपेन्द्र खत्रीले नयाँ वर्षको दिन गृहमन्त्रीलाई थापाथली सडकमा उतारेर सबैको ध्यान खिचे ।

उनको यो पछिल्लो प्रयोगले निकै प्रचार पनि पायो । नयाँ वर्ष २०८१ को अवसर पारेर प्रहरी परिसर काठमाडौंले थापाथलीबाट थालेको शुभकामना आदान प्रदान र मिठाइ दिएर यात्रु तथा चालकलाई ट्राफिक नियम पालना गर्न सन्देश दिने कार्यक्रम दिनभर विभिन्न चोकहरुमा चलिरह्यो ।

नयाँ वर्षको दिन काठमाडौंका मुख्य चोकमा प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मी खटिएका थिए । बिहान ९ बजे थापाथली चोकमा गृहमन्त्री रवि लामिछाने, प्रहरी महानिरीक्षक वसन्त कुँवर, महानगरी प्रहरी आयुक्त दीपक थापा र ट्राफिक प्रमुख उमेश जोशीसहित जम्मा भएर नयाँ वर्षको नयाँ कार्यक्रम थालनी गरेका थिए ।

प्रहरीलाई समुदायसँग जोड्ने र सर्वसाधारणको भरोसा प्रहरीप्रति बढाउने उद्देश्यले गरिएका विभिन्न कार्यक्रमको निरन्तरतास्वरुप नयाँ वर्षमा मिठाइसहित शुभकामना कार्यक्रम गृहमन्त्रीकै हातबाट थालिएको परिसरका प्रमुख खत्रीले बताए । उनले यस्ता खाले कार्यक्रम निरन्तर चलिरहने समेत बताए ।

एसएसपी खत्रीले भने, ‘पछिल्लो दिनमा कम्युनिटी अप्रोच भनेर हामीले समुदायसम्म जाने र उहाँहरुका कुरा प्रत्यक्ष सुन्ने प्रयास गरिरहेका छौं । समुदायमा प्रहरीप्रति गुनासा भए सुन्ने,गलत भाष्य बनेको छ भने त्यसलाई चिर्ने र आवश्यक पर्दा हाम्रो व्यवहार सुधार गर्ने खालका प्रयषसहरु पनि गरिरहेका छौं । यसै अन्तर्गत यी कार्यक्रम भइरहेका छन् ।’

विभिन्न चोकमा ड्युटीमा खटिएका प्रहरीलाई पनि नयाँ वर्षको अवसरमा मिठाई बाँडेर हौसला प्रदान गरिएको थियो । यसअघि पनि खत्री प्रहरी परिसरमा आएपछि तल्लो तहका प्रहरी कर्मचारीलाई हौसला वृद्धि गर्न फिल्म हलमा सामूहिक रुपमा टिकट काटेर पठाउने, हाइकिङ पठाउने तथा योग कक्षालगायत अन्य क्रियाकलापमा संलग्न गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *