नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
मलेसियामा बृहत तरिकाले बुद्ध जयन्ती मनाइँदै ।।।
मलेसियामा बृहत तरिकाले बुद्ध जयन्ती मनाइँदै ।।।
थाङ्मीचागु डटकम संवाददाता २०८० चैत ३० शुक्रबार
मलेसिया । नेपाली राजदुतावास मलेसियाको पहलमा मलेसियामा बुद्ध जयन्ती मनाउने भएको छ ।

राजदुतावासले आज मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा बोलाई भेट घाटघाट गरि बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको हो ।
दुताबासमा भएको छलफलमा मलेसिया स्थित विभिन्न जातीय संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्तिथीमा नेपाली राजदुतावासको प्रमुख संयोजकत्वमा कार्यक्रम हुने गरि दुइ संयोजक समिति सहित गठन गरेका छन् ।

कार्यक्रममा बुद्ध जयन्ती कार्यक्रमलाई सादाझै यस बर्ष पनि भब्यताको साथ सफल पार्न सम्पूर्ण मलेसिया स्थित नेपाली समुदाय संघ संस्था जुट्नु पर्ने बताउदै मलेसियामा रहेको संघ संस्थाहरु संग सहकार्य र हातोमालो गर्नु आबस्यक रहेको नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाका महामहिम राजदूत डिल्लीराज पौडेलले बताउनु भयो ।
छलफलले नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको प्रमुख संयोजकमा कार्यक्रम हुने गरे दुइ संयोजक समिति समेत गठन गरेको छ ।





