टेस्ट परीक्षाको नियमित अनुगमन ।।।

0Shares

टेस्ट परीक्षाको नियमित अनुगमन ।।।

थाङ्मीचागु डट कम संवाददाता

विनोद मण्डल, फाल्गुन १७ । सिरहाको धनगढीमाई १४ स्थित मदन भण्डारी माविमा जारी टेस्ट परीक्षाको अनुगमनका आगन्तुक आउने क्रम जारी रहेको छ ।

संचालित टेस्ट परीक्षामा धनगढीमाई नगरपालिकाको प्रसासनिक टोली पुगेर परीक्षाको स्थलगत अनुगमन एकातिर गर्नु भएको छ भने अर्कोतिर विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश मान मल्ल मगरले समेत परीक्षाको अनुगमनका गर्दै परिक्षामा खटिएका शिक्षक भगवान दत्त शर्मालाई परीक्षालाई मर्यादित बनाउनका लागि आवस्यक निर्देसन समेत दिनु भएको छ ।

अत्यन्त मर्यादित रूपमा संचालित परीक्षाको बिद्यालयका प्रध्यानाध्यापक रेखा राईले समेत लागातार अनुगमन गर्दै आउनु भएको छ ।

प्रधानाध्यापक रेखा राईले परीक्षा हलमा प्रवेश गर्नु अगाडि विद्यार्थीहरुलाई विद्यालयको मुख्य गेटमा लाइन लगाएर आफ्नो उपस्थितिमा चेक जाच गरेर मात्र परीक्षा हलमा पठाउने गर्नु भएको छ ।

निर्धारित समयमा सञ्चालन हुँदै आएको परीक्षाको रिजल्ट पछि आउने सी परिक्षामा विद्यार्थीहरु सहभगिता हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *