मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
चर्चित नेता देवेन्द्र राज कँडेलसहितको टिम रामग्राम स्तुपमा ।।।
चर्चित नेता देवेन्द्र राज कँडेलसहितको टिम रामग्राम स्तुपमा ।।।

थाङ्मिचागु डट कम संवाददाता
विनोद मण्डल,फाल्गुन १७ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी स्थित हुलाकी राजमार्ग अन्तर्गत बाईपास रोड क्षेत्रमा औद्योगिक मेलाको औपचारिक उद्दघाटन समारोहमा सहभागिताका लागि आएका वरिष्ट ब्यक्तित्वहरु लगाएत जिल्लाका चर्चित नेता देवेन्द्र राज कँडेल रामग्राम स्तुपमा पुगेका हुन ।
” शान्ति समृद्धि उद्योग र व्यापार : राष्ट्र निर्माणको बलियो आधार ” भन्ने मूल नाराका साथ रामग्राम नगरपालिकाको वाडा नम्बर ५ स्थित बाईपास रोड एरियामा औद्योगिक मेला २०८० शुरू भएको छ ।
मेलामा सहभागी हुन आएका नेपाल सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतसहितको वरिष्ट नेता तथा कार्यकर्ताहरुको टोली पर्यटन क्षेत्रको रूपमा रहेको रामग्राम स्तुपमा पुगेर स्थलगत अनुगमन गर्नु भएको छ ।
नेता देवेन्द्र राज कँडेल सहितका टिमले रामग्राम स्तूपको स्थलगत अनुगमन गर्दै एतिहासिक पक्षका बारेमा बुझेका थिए ।





