नगर प्रमुख प्रशासकीय अधिकृत नै वडाध्यक्षहरूबाट कुटिए !

0Shares

नगर प्रमुख प्रशासकीय अधिकृत नै वडाध्यक्षहरूबाट कुटिए !

थाङ्मीचागु डटकम सम्बादाता ।

देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटालाई वडाध्यक्षहरूले कुटपिट गरेका छन्। सोमबार कार्यालय समयमा कार्यकक्षमै पुगेर वडा नम्बर १, ३, ४, ९, १०, ११ र १२ का अध्यक्षहरूले सापकोटामाथि हातपात गरेका हुन्।

हातपातपछि उनीहरूले प्रमुख प्रशासकीय अधिकृत सापकोटा र नगरप्रमुख ध्रुवप्रसाद खरेलको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत बस्ने कुर्सी, टेबुल, सोफा पनि तोडफोड गरेका छन्।

सुरक्षाकर्मीले घेरेपछि थप क्षति हुनबाट जोगिएको नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। नगर खेलकुद विकास समितिको संयोजक तोक्ने विषयमा सात वटाका वडाध्यक्षहरूले आपत्ति जनाए। कार्यविधिमा नगर खेलकुद विकास समितिको संयोजक नगरप्रमुखले तोक्ने व्यवस्थाअनुसार नगरप्रमुख खरेलले देवदह-७ निवासी खेलकुदप्रेमी कमल पाण्डेलाई संयोजक तोकेका छन्। संयोजक नगरप्रमुखले तोक्न नहुने अडानसहित वडाध्यक्षहरू आक्रोशित बनेको नगरप्रवक्ता डुम्रेले जानकारी दिए।

आक्रोशित वडाध्यक्षहरूले लगाएको प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखको कार्यकक्षको ताला प्रहरीले खुलाएको छ। वडाध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतलाई फोनमा पटक-पटक धम्क्याउने र कार्यकक्षमै पुगेर हातपात गर्ने घटनाले कर्मचारीहरूको मनोवल गिराएको नगरप्रवक्ता डुम्रेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

  • केशरराज क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *