मेयर शिवशंकर महतोद्वारा विष्णुपुरकट्टीमा एक दिवसीय स्वास्थ्य शिविरको उद्दघाटन ।।।

0Shares

मेयर शिवशंकर महतोद्वारा विष्णुपुरकट्टीमा एक दिवसीय स्वास्थ्य शिविरको उद्दघाटन ।।।

थाङ्मीचागु डट कम संवाददाता

विनोद मण्डल, माघ २७ । सिरहाको धनगढीमाई १२ को विष्णुपुरकट्टीमा एक दिवसीय स्वास्थ्य शिविर कार्यक्रमको मेयर शिवशंकर महतोले उद्दघाटन गर्नु भएको छ ।

धनगढीमाई वाडा नम्बर १२ को आयोजना तथा जिनिश हस्पिटल सुरुङ्गा नगरपालिका वडा नं ५ सप्तरीको सहकार्यमा संचालित स्वास्थ्य शिविरमा सबै प्रकारको रोगहरूको चेक जाँच गरिएको थियो ।

वाडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेयर शिवशंकर महतो, विशिष्ट अथिती विन्देश्वर यादव अतिथिहरु समाजसेवी डोरेन्द्र फुयाल , नेता रामस्वरूप सदाय बुद्धिजीवी हिक बहादुर लुङ्गेली , गोमा तिमल्सिना , ईलाका प्रहरी कार्यालय विष्णुपुरका प्रतिनिधि लगाएत आम स्थानियको उपस्थितिमा एक दिने स्वास्थ्य शिविर कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको छ ।

व्यानर खोलेर स्वास्थ्य शिविर को उद्दघाटन गर्नुहुँदै मेयर शिवशंकर महतोले आम जनताको स्वास्थ्यको चिन्ता नगरपालिकाले लिएको बताउनु भएको छ ।

स्वास्थ्य साखा प्रमुख विन्देश्वर यादवले वाडा अध्यक्षले आयोजना गरेको शिविरबाट स्थानियलाई स्वास्थ्य चेक जाँचमा सहजता भएको भन्दै आम स्थानियलाई फाईदा लिनका लागि आग्रह गर्नु भएको थियो ।

अस्पतालका डाक्टर शैलेन्द्र सिंहको उद्घोषणमा संचालित कार्यक्रममा अतिथिहरुलाई खादा ओढाएर अस्पतालका तर्फबाट कुल्देब यादवले सम्मान गर्नु भएको थियो भने स्वागत मन्तब्य बिना अधिकारीले राख्नु भएको थियो ।

छोटो समयमा सकिएको उद्दघाटन कार्यक्रम पछि आम स्थानियको चेक जाँच शुरू गरिएको थियो ।

संक्षिप्त कुराकानीमा वाडा अध्यक्ष जय प्रकाश शर्माले आम जनताको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य परीक्षणको कार्यक्रमलाई अगाडि बढाइएको बताउनु भएको हो ।

शिविरमा बिरामी चेक जाँचको लागि संपूर्ण ब्यबस्थापन गरिएको कारण बिहान ९ बजेर १४ मिनेटमा संचालित शिविर पूर्व निर्धारित समय भन्दा एक घण्टा अगावै सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *