धनगढीमाई नगरपालिकामा आँखा शिविर अभियान जारी ।।।

0Shares

धनगढीमाई नगरपालिकामा आँखा शिविर अभियान जारी ।।।

थाङ्मीचागु डटकम सम्बादाता

विनोद मण्डल, माघ २६ । सिरहाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो यतिबेला आम जनताको आँखा जाच अभियानका साथ लागि पर्नु भएको छ ।

बिहीबार देखि संचालित आँखा जाँच शिविर अन्तर्गत नगरपालिकाको वडा १ र २ मा जम्मा ४०९ जनाले निशुल्क आँखा जाँच गराएका थिए जसमध्ये ११० जनामा मोतिया बिन्दुको रोग देखा परेको थियो ।

धनगढीमाई नगरपालिका र तिलगंगा आँखा जाच केन्द्र काठमाण्डौको समन्वयमा धनगढीमाई नगरपालिका वाडा न. ७ र ८ को संयुक्त आँखा जाच शिविर श्री जनता मा.वि. कसहाको प्राङ्गणमा १० बजे देखि ५ बजे सम्म संचालन गरी सम्पन्न भएको छ ।
वाडा नम्बर १ र २ बाट औपचारिक रूपमा आँखा जाच शिविरको एक कार्यक्रमका बीच शुरुवात गरेका मेयर शिवशंकर महतो लगातार आम जनताको आँखा जाँच गराईरहनु भएको छ ।

जारी आँखा जाँचका लागि नगरपालिकाद्वारा प्रकाशित सूचनामा नगरभित्रका संघ संस्थाका प्रतिनिधिहरु,बुद्धिजीवी , समाजसेवी लगाएतलाई शिविर सञ्चालनमा आवस्यक सहयोगको लागि अनुरोध गरिएको छ ।

मेयर शिवशंकर महतोको प्रमूख आथित्यमा धनगढीमाईको कसहामा संचालित आँखा जाँच शिविरमा करिब ३२४ जनाले निःशुल्क आँखाको जाँच गराउनु भएको छ ।

संचालित शिविरबाट जम्मा ३२४ जना मध्ये ४९ जनामा मोतिया बिन्दुको रोग देखा परेको छ ।

आँखामा देखा परेको समस्या अन्तर्गत सबै विरामीहरूको निःशुल्क अपरेशन तथा थप उपचार गरिने मेयर शिवशंकर महतोले जानकारी गराउनु भएको छ ।

पछिल्लो समय मेयर शिवशंकर महतो लगाएत सबै वडाका जनप्रतिनिधिहरुले स्वास्थ्य सेवा अन्तर्गत विभिन्न बिरामीहरुको निःशुल्क उपचारका लागि आवस्यक सहयोग गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *