एमाले दोलखाको अध्यक्षमा नर श्रेष्ठ ज्युले पुर्ण बिजयीको झन्डा गाड्नु सफल हुनु भएको हो ।हार्दिक बधाई

0Shares

एमाले दोलखाको अध्यक्षमा नर श्रेष्ठ ज्युले पुर्ण बिजयीको झन्डा गाड्नु सफल हुनु भएको हो ।
हार्दिक बधाई ।।।

थाङ्मी चागु डट कम संवाददाता

२०८० माघ २५ २२:३०

दोलखा, । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्धर्पी इश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजीत गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी हुनुभएको हो ।

श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी जिजयको झण्डा फहराउनु भएको हो । उहाँले निकटतम प्रतिद्धन्द्धी इश्वरचन्द्र पोेखरेलाई ९५ मतान्तरका साथ पराजित गर्नुभएको छ । पोखरेलले २ सय ३८ मत पाउनु भएको छ । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाउनु भएको छ ।

बिजयी श्रेष्ठ ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसपटक पनि पुनः निर्वाचित हुनुभएको हो । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर बिजयी हुनुभएको छ । मानन्धर ३ सय ३६ मतसहित विजयी हुनुभएको हो ।

मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गर्नुभएको छ । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाउनु भएको छ । नवौं अधिवेशनमा पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष भई सक्रिय राजनीतिमा लाग्नुभएका मानन्धर दोश्रो कार्यकालका लागि निर्वाचत हुनुभएको हो ।

यस्तै, एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी हुनुभएको छ । गौरशंकर गाउँपालिकाका संस्थापक अध्यक्ष खड्का ३ सय ४ मत प्राप्त गरी बिजयी हुनुभएको हो । खडकाले प्रतिस्पर्धी कृष्ण वस्नेतलाई २० मतले पराजित गर्नुभयो ।

यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत र्निाचित हुनुभएको छ । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सवै अध्यक्ष श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा भाग लिएका नेता हुनुहुन्छ ।

अध्यक्ष श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको निकट हुनुहुन्छ । यस्तै अध्यक्षमा पराजीत पोखरेल अर्का पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेल निकट हुनुहुन्छ ।

दुवै नेताको समुहमा नपरेका भरत दुलालले निर्वाचनमा निकै थोरै मत पाउनु भएको छ । उहाँ प्यानलबिहिन रुपमा चुनावी प्रतिस्पर्धामा उत्रनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *