नेपाली कांग्रेस निकट प्रवास संगठन “नेपाली जनसम्पर्क समिति” मलेसियाको जोहोर राज्य क्षेत्रीय समिति पुनः गठन कार्यक्रम सम्पन्न ।

0Shares

नेपाली कांग्रेस निकट प्रवास संगठन “नेपाली जनसम्पर्क समिति” मलेसियाको जोहोर राज्य क्षेत्रीय समिति पुनः गठन कार्यक्रम सम्पन्न ।
थाङ्मीचागु डट कम संवाददाता January 28, 2024

क्वालालम्पुर (मलेसिया):= नेपाली कांग्रेस निकट प्रवास संगठन “नेपाली जनसम्पर्क समिति” मलेसियाको जोहोर राज्य क्षेत्रीय समिति पुनः गठन कार्यक्रम सम्पन्न भएको छ ।

आज मिति सन् २०२४ आईतवार जनवरी २८ तारिखको दिन जोहोरको सेनाइमा आयोजित एक कार्यक्रमको बीच गोविन्द लिम्बुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै जोहोर क्षेत्रीय समितिको समिति पुनः गठन गरिएको समितिका प्रवक्ता लाल खड्काले बताउनुभयो ।

जानकारी अनुसार जोहोर क्षेत्रीय समितिको अध्यक्षमा गोविन्द लिम्बु , उपाध्यक्षमा सुनिता साह चयन भएकी छिन् । बाँकी रहेका सचिव , कोषाध्यक्ष लगायत अन्य पदमा पनि सबैको सहमतिमा पदाधिकारीको प्रथम बैठकले छिट्टै चयन गरिने अध्यक्षमा चयन हुनुभएका गोविन्द लिम्बुले बताउनुभयो ।

समिति पुनः गठन कार्यक्रमको सभापतित्व सुनिता साहले गरेकी थिइन् भने , कार्यक्रमको प्रमुख अतिथि जनसम्पर्क समिति मलेसियाका केन्द्रिय सभापति चोलाकान्त पंगेनी , बिशेष अतिथिमा उपसभापति कमल गौतम , राकेश महतो “आर के” उपस्थित रहनु भएको थियो ।

त्यस्तै अतिथि हरुमा जनसम्पर्क समिति मलेसियाका केन्द्रिय महामन्त्री हरिप्रसाद कोइराला , प्रवक्ता लाल बहादुर खड्का , सदस्य लोक बहादुर थापा , लगायत सञ्चारकर्मी आरएन चौधरी थारु र कृष्ण गुप्ता लगायत ५०,६० जना नेपाली श्रमिकहरु को सहभागीता रहेको थियो ।

जनसम्पर्क समिति मलेसियाको जोहोर क्षेत्रीय समिति सन् २०२० मा गठन भएको थियो । क्षेत्रीय समिति जोहोरले पनि केन्द्र झै मलेसियाको जोहोरमा कार्यरत नेपाली श्रमिक हरुलाई दु:ख समस्या परेको खण्ड मा सक्दो आर्थिक भौतिक सहयोग गर्दै आएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *