अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा यू १९ विश्वकपमा ।।।

0Shares

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा यू १९ विश्वकपमा ।।।

थाङ्मीचागु डट कम सम्बादाता
२०८० माघ १२ गते

आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। दक्षिण अफ्रिकामा भएको खेलमा अफगानिस्तानलाई पराजित गरेसँगै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ।

नेपालको जितमा कप्तान देव खनालले ५८ रनको योगदान गरे। यस्तै बलिङ तर्फ आकाश चन्दले ५ विकेट लिए।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित ग¥यो।

अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले कप्तान देव खनालको अर्धशतकको ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा भेटाएको हो।

कप्तान देव खनालले ५८ रनको पारी खेले। उनले ८९ बलको सामना गर्दा ७ चौका प्रहार गरे। अर्जुन कुमालले १० रन जोड्दा बिपिन रावल २ रनमै आउट भए।

१२ बल खेलेका गुल्शन झा मात्रै १ रनमा बोल्ड भए। त्यसपछि आएका कप्तान देवले नेपालको इनिङ सम्हाल्दै जितसम्म डोहो¥याएका हुन्। दिपक बोहोरा टोलीलाई ६ रन आवश्यक भएको अवस्थामा २७ रन जोडेर आउट भए।

आकाश त्रिपाठी १६ रन, दीपक डुम्रे ५, दिपेश कंडेल ४, आकाश चन्द १ रनमै आउट भए।  तिलक भण्डारी शून्य रनमा नटआउट रहँदा सुवास भण्डारी ९ रनमा अविजित रहे।

अफगानिस्तानका खालिल अहमेद र नाशिर खानले समान २ विकेट लिँदा फारिदुन दाउड्जाइ ३ तथा अल्लह मोहमद घजानफार र आरव गुलले एक/एक विकेट लिए।

अफगानिस्तानविरुद्ध नेपालका तिव्र गतिका बलर आकाश चन्दले  ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए। गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट लिँदा दिपेश कँडेलले २ विकेट आफ्नो नाममा राखे।

अल्लह मोहम्मदले बनाएको ३७ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *