हिमालयन फुटबल क्लब द्वारा आयोजीत छैठौं हिमालायन गोल्ड कपको पत्रकार सम्मेलन क्वालालम्पुर स्थित होटेल ग्राण्ड सप्पन्न भएको छ ।।।

0Shares

हिमालयन फुटबल क्लब द्वारा आयोजीत छैठौं हिमालायन गोल्ड कपको पत्रकार सम्मेलन क्वालालम्पुर स्थित होटेल ग्राण्ड सप्पन्न भएको छ ।।।
थाङ्मी चागु डट कम संवाददाता ।
७ माघ २०८०
मलेसिया / हिमालयन फुटबल क्लब द्वारा आयोजीत छैठौं हिमालायन गोल्ड कपको पत्रकार सम्मेलन क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा जनवरी २० तारीख सम्पन्न भएकोछ ।

“एकता र मित्रताको लागि खेल्कुद” भन्ने मुल नाराको साथ चाइनिज नयाँ बर्षको अवसरमा २०२४ फेब्रुअरी १०/११/१२ तारीख शाहाआलाम सेक्सन २१ पानासोनीक रंगशालामा रिया आईएमईको मुख्य प्रयोजनमा छैठौं हिमालयन गोल्ड कप हुने भएकोछ ।

छैठौं संस्करणमा फुटबल मात्र नभई भलिबल तथा ५०० मिटरको दौड प्रतियोगिता हुने भएकोछ । फुटबल खेल जनवरी १०, ११ र १२ तारीख हुने । फुटबलको उद्घाटन खेल मलेसियामा रहेका नेपाली महिला फुटबल टिमहरु बिचको खेलबाट हुने भएकोछ । भलिबल ११ र १२ तारीख साथै दौड ११ तारीख हुने हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले सम्मेलनमा जानकारी गराए ।

फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार मलेसियन रिंगेट, दोस्रो पुरस्कार १५ हजार मलेसियन रिंगेट र ट्रफी मेडल प्रदान हुनेछ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्टाइकरलाई ५ सय मलेसियन रिंगेट प्रदान हुनेछ ।

यस्तै भलिबल तर्फ प्रथम ११ हजार, दोस्रो ५ हजार रिंगेट नगद पुरस्कार साथै ट्रफी र मेडल प्रदान हुनेछ । भने दौडको पुरस्कार प्रथम ५००, दोस्रो ३०० र तेस्रो २०० रिंगेट साथै मेडल रहेको जनाए ।

दर्ता शुल्क फुटबलको २५०१ रिंगेट, भलिबल १००१ रिगेट र दौड निशुल्क दर्ता गराउन पाउनेछ । दर्ता समय अवधि जनवरी २५ तारीख सम्म मात्र रहेको अध्यक्ष कार्कीले जानकारी गराए ।

फुटबल तथा अन्य खेल आयोजकबाट भएको बिसंगति र बिकृतीलाई सुधार गर्नको लागि २०१५ मा हिमालयन फुटबल क्लब स्थापना भएको हो । हामी खेलकुदबाट एकता र मित्रता स्थापना गर्दै सामाजिक सद्भाव र स्वस्थ्य जीवन कायम गर्नेछौं । प्रतियोगिताको लागि मलेसियामा रहेका कृयाशिल नेपाली संघ संगठन लगायत ब्यापारीहरुलाई पत्रचार गरेकाे बताउदै मलेसियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थित भइ खेलको मनोरञ्जन लिन अध्यक्ष कार्कीले आह्वान गरे ।

यस सम्मेलनमा रिया मनिट्रास्फरका एसियाका सेल्स हेड प्रदिप शर्मा ढकाल “योगेन्द्र” ले हिमालयन फुटबल क्लबका क्याप्टेन राज कुमार कुमाललाई जर्सी हस्तान्त्रण गर्दै रिया मनिट्रास्फर हिमालयन फुटबल क्लबको प्रायोजक रहेको घोषणा गरेको थियो ।

सम्मेलनमा गैरआवासीय नेपाली संघ, पार्टी संगठन, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु साथै ब्यवसायी, खेलाडी तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *