मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
फोनिज मलेसियाको दोस्रो अधिवेशन हुँदै।
फोनिज मलेसियाको दोस्रो अधिवेशन हुँदै।
थाङ्मी चामु डट कम संवाददाता
मलेसिया / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया शाखाको दोस्रो अधिवेशन जनवरी २५ तारीख हुने भएकोछ ।
बरिस्ठ पत्रकार, नेपाल टेलभिजनका कार्यकारी सम्पादक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघिय अध्यक्ष गजुरधन राईको उपस्थितिमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मलेसिया शाखाको दोस्रो अधिवेशन मलेसिया क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा दिउँसो २ बजे हुने अधिवेशन संयोजक अर्पण मगर “बुद्ध” जनाकारी गराए ।
कोभिडको महमारीको कारण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया शाखाको अधिवेशन स्थगित भएको थियो । मलेसियाको वसाई अवधी सकाएर नेपाल आउन परे पनि संस्था प्रति धेरै माया भएको बर्तमान अध्यक्ष दिपक सुनाखरीले बताए । साथै अधिवेशन सफलताको शुभकामना ब्यक्त गरे ।
पत्रकारीता जगतको महत्त्वपूर्ण हिस्सेदार नेपाल आदिवासी जनजाति पत्रकार महासंघको शाखा मलेसियाको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बागमती अधिवेशन प्रतिनिधि सबिन लोप्चनले बताए ।
मलेसियामा रहेका सम्पुर्ण कृयाशिल नेपाली संघसंस्था प्रतिनिधि तथा श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थितिको लागि आह्वान गरेको छ ।




